जितिया पर्व पारिवारिक एकता र अन्तर्घुलनको अनुपम दृष्टान्त : प्रधानमन्त्री दाहाल
annapurnapost.com · Sat Oct 07 01:51:25 GMT 2023
काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने मौलिक पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने बताएका छन्। जितिया पर्वको शुभकामना दिँदै उनले नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषताहरू रहेको बताएका हुन्।
‘यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछन्।’शुभकामना सन्देशमा भनिएको छ,‘प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धतिका विविध पक्षहरूलाई गतिशील तुल्याउँछन्। सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढसमेत गर्दछन्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)