मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप क्रिकेट २०२३ : बंगलादेशको सान्त्वना जित

ekantipur.com · Tue Nov 07 00:43:13 GMT 2023

नयाँ दिल्ली — बंगलादेशले विश्वकप क्रिकेट २०२३ मा सोमबार श्रीलंकामाथि तीन विकेटको सान्त्वना जित निकालेको छ । तर यो खेल श्रीलंकाली ब्याटर एन्जेलो म्याथ्युजले बेहोरेको ‘टाइम्ड आउट’ का लागि सम्झिनेछ । उनी १ सय ४६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेटमा यसरी आउट हुने पहिलो ब्याटर रहे ।

स्ट्राइक लिन दुई मिनेट भन्दा बढी समय लगाएपछि विपक्षी कप्तान साकिब अल हसनले अपिल गरेका थिए र त्यसमा अनफिल्ड अम्पायरले आउटको निर्णय थिए । अर्कोतर्फ सेमिफाइनल प्रवेशको समीकरणबाट बाहिरिसकेको बंगलादेशका लागि यो जित च्याम्पियन्स ट्रफिमा छनोटका लागि महत्त्वपूर्ण हुन सक्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)