मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटारमा देउवा-ओली भेट - एमालेको अडान कायमै, छलफल चलिरहने

Ujyaaloonline.com · Thu Feb 24 23:58:58 GMT 2022

काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता केहीबेरअघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बेलुकी भएको भेटवार्तामा उहाँहरूबीच संसद्को अवरोध खुलाउने र एमसीसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिनुभयो ।

छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसदबाट एमसीसी अनुमोदन गरौँ भनेर प्रस्ताव गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरूले संसद् अवरोध गरिरहेको हो, पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राख्नुभएको उहाँले जानकारी दिनुभयो । एमालेले आफूहरूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै ६ महिनादेखि संसद् अवरोध गर्दै आइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)