पिएसजीलाई पराजित गर्दै सिटी समुह विजेता
neplays.com
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। समुह ए मा आफ्नो अन्तिम खेलमा घरेलु मैदानमा सिटीले पिएसजी विरुद्ध पुनरागमन जित संभव बनायो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा केलिएन एम्बाप्पेले ५० औ मिनेटमा लिग वान क्लब पिएसजीलाई अग्रता दिलाए। तर उत्कृष्ट प्रदर्शन गर्दै आएका रहिम स्ट्रलिङले सिटीलाई ६३ औ मिनेटमा बराबरीमा ल्याए। निकै रोमाञ्चक बनेको खेलमा सिटीका लागि विजयी गोल भने गाब्रियल जेससले गरे। जेससले ७६ औ मिनेटमा बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गर्दै टीमको जित निश्चित गरे।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)