चर्चित भारतीय गायक दलेर मेहन्दीलाई दुई वर्षको जेल सजाय
setopati.com · Thu Jul 14 17:01:00 GMT 2022
भारतका चर्चित गायक दलेर मेहन्दीलाई दुई वर्षको जेल सजाय भएको छ। दलेर मेहन्दीलाई अवैध रूपमा मानव ओसारपसार गरेको आरोपमा जेल सजाय भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
'बोलो तारारा' गायक मेहन्दीले अदालतमा दिएको अपील खारेज भएसँगै उनलाई दुई वर्षको जेल सजाय भएको हो। यो मुद्दामा दलेर मेहन्दी, उनका भाइ शमशेर र अरू दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। दलेरका भाइ शमशेरको भने सन् २०१७ मा निधन भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)