मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि अधिकारकर्मी पुनः धर्नामा

nayapatrikadaily.com · Sat Dec 04 00:27:00 GMT 2021

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै नेपालगन्जकी महिला अधिकारकर्मी रुबी खानसहितका महिला पुनः काठमाडौं आएर धर्ना बसेका छन् । बाँकेका निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको मृत्यु सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्ने भन्दै गत २ कात्तिकमा अधिकारकर्मी र सरकारबीच सम्झौता भएको थियो । तर, सरकारले सहमति कार्यान्वयन नगरेपछि गत बिहीबारदेखि उनीहरू माइतीघर मण्डलामा धर्ना बसेका छन् । प्रहरीको भूमिकाप्रति उनीहरू सशंकित छन् ।

सहमतिका आधारमा सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले १४ कात्तिकमै अध्ययन–प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाइसकेको छ । तर, प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)