प्रेरक प्रसंग : अटोग्राफका शब्द
nayapatrikadaily.com · Wed Sep 20 00:11:00 GMT 2023
जर्ज बर्नार्ड सा अंग्रेजी कविता तथा नाटकका क्षेत्रमा अलग्गै परिचय स्थापित गर्न सक्षम व्यक्तित्व हुन् । उनीसित भेटघाट गरी संवाद गर्न, उनलाई घरमा बोलाएर भोजन गराउन तथा उनको सन्देशसहितको अटोग्राफ आफ्ना नोटबुकमा सुरक्षित राख्न चाहने मानिस निकै थिए ।
लन्डनका एक युवक पनि जर्ज बर्नार्ड साका निकै ठूला प्रशंसक थिए । उनी जसरी भए पनि सालाई भेटेर उनको सन्देशसहितको अटोग्राफ लिन चाहन्थे । यसका लागि उनी साका हरेक कार्यक्रमबारे जानकारी राखिरहेका हुन्थे । एकपटक ती युवकको गाउँनजिकै आयोजना गरिने एक साहित्यिक कार्यक्रममा सा पनि सहभागी हुने उनले जानकारी पाए । कार्यक्रमबारे थाहा पाएदेखि नै उनी सो दिनको व्यग्र प्रतीक्षामा रहे । अन्ततः कार्यक्रमको दिन पनि आइपुग्यो । उनी निर्धारित समयभन्दा दुई घन्टाअघि नै कार्यक्रम आयोजना हुने हलमा पुगेर दर्शकदीर्घाको अघिल्लो पंक्तिमा बसे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)