मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला साफ च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

annapurnapost.com · Sun Aug 28 00:46:00 GMT 2022

काठमाडौं : नेपालले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक कुमार थापाले च्याम्पियनसिपका लागि ३५ खेलाडीबाट २३ सदस्यीय टोली घोषणा गरेका हुन्। पहिलो चरणमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो।

नेपाली टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र रक्षक पूजा रानालाई समावेश गरिएको छैन। प्रशिक्षणका क्रममा चोट बोकेका उनीहरू दुवैले साफ गुमाउने भएका छन्। अमिसा कार्की, समीक्षा घिमिरे र दीपा शाहीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। अमिसा स्ट्राइकर हुन्। समीक्षा रक्षक र दीपा मिडफिल्डर हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)