मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा होमस्टे सर्किट विकास गरिँदै

barnanmedia.com · Sat Apr 11 22:50:22 GMT 2026

जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर नेपालको पहिलो घरबास (होमस्टे) सर्किट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा अघि सारिएको ‘बन्दीपुर-केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ढाँचाका रूपमा हेरिएको छ ।

सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणसँग रमाउने समुदायमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)