मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन

barnanmedia.com · Sat Apr 11 22:57:42 GMT 2026

देशभर एकैसाथ आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने आर्थिक गणनाका लागि कञ्चनपुरमा ५३ गणक र सात जना सुपरीवेक्षक गरी ६० जना परिचालन हुने भएका छन् । जिल्लाको आर्थिक अवस्था, उद्योग-व्यवसायको वास्तविक सङ्ख्या, रोजगारी अवस्था तथा आर्थिक गतिविधिको यथार्थ विवरण सङ्कलन गर्न आर्थिक गणना हुनलागेको हो ।

आर्थिक गणना कार्यालयका जिल्ला आर्थिक गणना अधिकारी दानबहादुर ऐडीका अनुसार भीमदत्त नगरपालिकामा २० गणक परिचालन हुनेछन् भने दोधारा चाँदनी नगरपालिकामा चार गणकलाई खटाउन तयारी गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)