बौद्धबाट बरामद गरिएको युरेनियम बेच्न खोज्ने ३ जना पुर्पक्षका लागि थुनामा
ratopati.com
काठमाडौं । काठमाडौंको बौद्धबाट बरामद गरिएको साढे २ केजी युरेनियम बेच्न खोज्नेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले युरेनियम कारोबारमा संलग्नमध्ये ३ जनालाई थुनामा राख्न आदेश दिएको छ । एक जनाचाहिं धरौटीमा छुटेका छन् ।
रामेछाप घर भएकी जानुका तामाङको बौद्धस्थित घरमा सो युरेनियम करिब २५ बर्षदेखि लुकाएर राखिएको थियो । भारतको खानीमा काम गर्दा जानुकाका ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)