रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै
barnanmedia.com · Sat Apr 11 23:08:30 GMT 2026

जिल्लाको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ । यहाँका ग्रामीण भेगका नागरिकले हिजोआज खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठाको प्रयोग गर्दै आएका छन् । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दलित परिवारले परम्परागत चुलोको प्रयोग गर्दै आएका हुन् ।
खाना पकाउने ग्यास अभाव तथा चर्को मूल्य पर्ने भएपछि चुलोमा गुइँठा (गोबरबाट बनेको) प्रयोग गर्दै आइएको स्थानीय बताउँछन् । वनजङ्गल मासिँदै जाँदा दाउराको अभाव भएपछि गाईभैँसीको गोबरबाट बनेका गुइँठालाई खाना बनाउन दैनिक रूपमा प्रयोग गर्दै आएको बृन्दावन नगरपालिका-१ का अदित्यकुमार रजकले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)