मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

barnanmedia.com · Sat Apr 11 23:13:56 GMT 2026

आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने जिल्ला आर्थिक गणना अधिकारी अवधेशकुमार शुक्लाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणक र सुपरीवेक्षकलाई तालिम दिनेलगायत आवश्यक सबै तयारी पूरा भएको छ । यो गणनाले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्याङ्क उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । विसं २०७५ मा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको थियो । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जना संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)