आर्थिक अभावले प्रविनाको विज्ञान पढ्ने सपना अधुरो
gorkhapatraonline.com · Wed May 20 02:55:17 GMT 2026

राम्रो अङ्क ल्याएर एसइई उत्तीर्ण गरे पनि आर्थिक अभावका कारण तनहुँकी एक जेहेन्दार बालिकाको उच्च शिक्षाको सपना अधुरो हुने अवस्थामा पुगेको छ । भानु नगरपालिका–२ निवासी कुँवर परिवारमा परेको लगातारको पारिवारिक तथा आर्थिक सङ्कटका कारण प्रविना कुँवरको विज्ञान विषय अध्ययन गर्ने चाहना संकटमा परेको हो ।
घरमूली प्रदीप कुँवर गाउँमा ज्यालामजदुरी गरेर परिवार चलाउँदै आउनुभएको थियो । तर, दुई वर्षदेखि उहाँकी जीवनसङ्गिनी विष्णुमाया निरन्तर बिरामी परेपछि उपचारका क्रममा परिवारको थोरै जमिन तथा जायजेथासमेत सकिएको छ । उपचारकै क्रममा १० लाख रुपैयाँभन्दा बढी ऋण लागेको परिवार अहिले गम्भीर आर्थिक र मानसिक समस्यामा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)