मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बाजुरामा गएराति भूकम्पको धक्का

Ujyaaloonline.com · Mon Mar 27 00:39:26 GMT 2023

काठमाण्डाै - बाजुरामा गएराति भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)