उपेन्द्र बाबुरामको बचनपछि देउवाले गरे प्रचण्डसँग भेटवार्ता
ratopati.com
काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणका लागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । महाराजगन्जस्थित देउवाका ससुराली नाता पार्ने प्रमोद राणाको निवासमा उनीहरुबीच भेटावार्ता भएको देउवा निकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
देउवासँग आज अपरान्ह जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले पनि भेटवार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)