मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीमा नयाँ नेतृत्व चयनको माग

ekantipur.com · Fri Aug 04 01:08:17 GMT 2023

काठमाडौँ — महाधिवेशन भएको डेढ वर्षमै माओवादीभित्र नयाँ नेतृत्व चयनको माग उठेको छ । महाधिवेशनले तय गरेको कार्यदिशा प्रभावकारी रूपमा कार्यान्वयन नभएको र नेतृत्व कमजोर भएको तर्क गर्दै केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललगायतका पदाधिकारीको तीव्र आलोचना गरिरहेका छन् । उनीहरूले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन नगरिएको, केन्द्रीय समितिमा प्रभावशाली नेताहरूले आफ्नो गुट र आफन्तलाई अवसर दिएको टिप्पणी गरेका छन् । पार्टीभित्र अहिले देखिएका समस्या समाधान गर्न र पार्टीमा पुस्तान्तरण ल्याउन विशेष महाधिवेशन गरी प्रत्यक्ष प्रणालीबाट नेतृत्व चयन गर्नुपर्ने उनीहरूको माग छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)