मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छलेर भित्र्याएको ३ सय ८७ थान मोबाइल बरामद

annapurnapost.com · Wed Jan 03 01:07:04 GMT 2024

रौतहट : भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल सेट प्रहरीले रौतहटबाट बरामद गरेको छ। प्रहरीले बसबाट विभिन्न कम्पनीका ३ सय ८७ थान मोबाइल सेट बरामद गरेको हो।

पुस १५ गते ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका-५ तल्लोबजार स्थित चपुर गौर सडक खण्डमा चेक प्वाईन्ट राखेर सवारी साधन चेकजाच गर्ने क्रममा गौरतर्फबाट चन्द्रनिगाहपुरतर्फ आएको यात्रुबाहक बसको डिक्कीमा रहेको ३ ओटा बोरामा रहेको कार्टुनबाट विभिन्न कम्पनीहरुको मोबाइल सेटहरु बरामद गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)