महामारीका फ्रन्टलाइनर योद्धाहरू
ekantipur.com · Sat Jul 31 17:24:13 GMT 2021
काठमाडौँ — जाजरकोट घर भएकी १९ वर्षीया कविता डीसी नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्य सहयोगीका रूपमा काम गर्छिन् । उनको जिम्मेवारी भनेकै सरसफाइ र शव व्यवस्थापन हो । दिनमा १२ वटासम्म शव प्याक गरेको क्षण भने उनी कहिल्यै बिर्सन सक्दिनन् ।
‘पहिलो पटक शव प्याक गर्दा मुटु जोडले धड्कियो । डर लागेर काम नै छोड्दिन्छु भन्ने पनि लाग्यो,’ गत कात्तिकबाट काम थालेकी उनले भनिन्, ‘तर बाध्यताले गरें । यस्तो महामारीमा डर त लागिहाल्छ नि ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)