जानाजान संक्रमण सार्ने गायिकाको मृत्यु
ekantipur.com · Thu Jan 20 16:25:03 GMT 2022
प्राग — जानाजान आफूलाई कोभिड–१९ को संक्रमण गराएकी चेक रिपब्लिककी गायिका हाना होर्काको ५७ वर्षको उमेरमा मृत्यु भएको छ ।उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेश पाउने ‘रिकभरी पास’ लिनका लागि होर्काले आफूलाई संक्रमित गराएकी थिइन् । त्यस्तो पास चेक सरकारले हालै कोभिड भएर निको भएका मानिसलाई दिने गरेको छ ।
रेकका अनुसार होर्काले कोभिड–१९ विरुद्धका कुनै पनि खोप लगाएकी थिइनन् । संक्रमण पुष्टि भएको केही दिनपछि उनले सामाजिक सञ्जालमा आफूलाई सञ्चो भइरहेको जनाएकी थिइन् । तर त्यसको दुई दिनपछि उनको मृत्यु भएको रेकले जनाए । होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध लोक गायिका थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)