मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मध्यपुरमाथि गरिएको कारबाही सच्याउन माग

nayapatrikadaily.com · Fri Dec 22 00:32:00 GMT 2023

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनमाथिको अनुशासन कारबाही सच्याउन माग राखेको छ । बी डिभिजनमा आबद्ध क्लबहरूले बिहीबार एन्फालाई कारबाही फिर्ता गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । बी डिभिजन क्लबका संयोजक तथा रानीपोखरी कर्नर टिम (आरसिटी)का अध्यक्ष कुमार राजभण्डारीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, सहायक महासचिव अरुणमान जोशी र दामोदर बद्री भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

अध्यक्ष राजभण्डारीले पूर्वाग्रही हिसाबले कारबाही गर्न नहुने र निर्णय उल्ट्याउनुपर्ने बताएका छन् । ‘अहिले एन्फाले पूर्वाग्रही रूपमा मध्यपुरमाथि कारबाही गरेको देखिन्छ, अनुशासन कमिटीले यसअघि के गरेको थियो ?’ उनले भने, ‘अहिलेसम्म अनुशासन कमिटीबाट केही पनि निर्णय आएको छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)