वैकल्पिक गठबन्धन बन्न नदिन माधव नेपालको खोजी
onlinekhabar.com · Tue Mar 05 17:13:33 GMT 2024
२२ फागुन, काठमाडौं । गठबन्धन बदल्न सोमबार सबै मन्त्रालयको जिम्मेवारी आफैं लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्राथमिकता नयाँ सहयात्री दलहरुबीच मन्त्रालय भागबण्डा र मन्त्री नियुक्तिमा हुनुपर्ने हो । तर उनको प्राथमिकता नेकपा एकीकृत समाजवादीका नेताहरु फकाउनेमा देखियो ।
मंगलबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमै पुगे । एमाले अध्यक्ष ओली माधव नेपालको निवास पुग्नु स्वभाविक दृष्य थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)