साना हतियारको अवैध जालो तोडौं
annapurnapost.com · Thu Mar 10 06:17:00 GMT 2022
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा प्रहरीले साना–ठूला गरी १२ सय हतियार बरामद गर्यो। हत्या, हिंसा, डकैती, लुटपाट, धाकधम्कीजस्ता आपराधिक क्रियाकलापमा प्रयोग हुने घातक स्वचालित साना हतियार देशैभरि बरामद हुने क्रम बढ्दो छ। ६० विदेशीसहित १ हजार ४ सय ७७ जना व्यक्ति पक्राउ परेका छन्। एक हजारभन्दा बढी हातहतियार र खरखजानासम्बन्धी मुद्दा नै दायर गरिएको छ। देशमा सबैभन्दा बढी अवैध हातहतियारको कारोबार प्रदेश १ मा भएको देखिन्छ। दोस्रोमा मधेस प्रदेश र तेस्रोमा लुम्बिनी प्रदेशमा हातहतियार बरामद र हातहतियारसम्बन्धी मुद्दा चलेका छन्। यी प्रदेशको सीमा भारतसँग
जोडिएको छ। नेपालमा बढी अवैध हातहतियारको कारोबार दक्षिणी छिमेकी देश भारतसँग सीमा जोडिएका सहर र जिल्लामा भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)