मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा एमालेको पदयात्रा आज : संविधान दिवस राष्ट्रिय दिवस भएकाले पार्टीको झण्डा, ब्यानर नबोक्ने

annapurnapost.com · Sat Sep 17 01:00:00 GMT 2022

काठमाडौं : नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम गर्दैछ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू हुने एमालेले जनाएको छ।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा संविधान दिवसको अवसरका आयोजित ‘वाकथन’ कार्यक्रममा सहभागी भई राष्ट्रिय दिवस सँगसँगै मनाउन एमालेले सबैलाई आह्वान गरेको छ। संविधान दिवस साझा राष्ट्रिय दिवस भएकाले कार्यक्रममा पार्टीको झण्डा, ब्यानर नबोक्ने एमालेले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)