एकैदिन ४ हजारले घट्यो सुनको मूल्य, ट्रम्पको जितसँगै किन घट्यो?
deshsanchar.com · Thu Nov 07 05:43:40 UTC 2024

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा तोलामा चार हजारले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। सुन बुधबार प्रतितोला तीन सय रूपैयाँ बढेको थियो।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै त्यसको प्रभाव सुनको भाउमा पनि परेको हो। बुधबार उनी अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएसँगै सुनको भाउ ओरालो लागेको हो।
उनको विजयसँगै डलरको मूल्य उच्च भएको छ। यसका साथै सेयर बजार बढेको र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ।
विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए। डलरको भाउमा आएको परिवर्तनको प्रभाव सुनमा पनि परेको हो। जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्यो।
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा उछाल
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)