संविधानमाथि पुनरावलोकन गर्ने बेला भयो : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
onlinekhabar.com · Sun Feb 20 16:57:01 GMT 2022
८ फागुन, काठमाडौ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरुबाट जनताले के के पाए भनेर पुनरावलोकन गर्नुपर्ने बेला भएको बताएका छन् । आइतबार आफ्नै निवासमा वर्तमान स्थिति र संवैधानिक अवस्थामाथि बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सो कुरा बताएका हुन् ।
जनताको आय, जीवनस्तर, रोजगारी, सुरक्षा, न्यायको पहुँच र मुलुकमा बसिरहुँ भन्ने अनुभूति जगाउनमा वर्तमान संविधान जारी भएयता कुनै सुधार नभएको भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले मुलुक अहिले संसद अवरुद्ध गरेर चुनावको माग गर्ने विरोधाभासपूर्ण अवस्थामा रहेको बताएका छन् । ‘यसको अर्थ संविधानमाथि हाम्रो स्वामित्व कमजोर भइरहेको छ’, पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)