एक्स्ट्राटेक ओभलको उद्घाटनमा पारस उत्रने
ekantipur.com · Sat Feb 10 00:35:34 GMT 2024
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले साढे दुई वर्षअघि संन्यासको घोषणा गर्दा धेरैलाई आश्चर्यमा पारेका थिए । ब्याट र बल उत्कृष्ट लयमै रहँदा पनि संन्यास लिएकामा उनीप्रति धेरैले दुखेसो पोखेका थिए ।
त्यसयता उनी घरेलु मैदानमा उत्रिएका थिएनन् । अहिले त झन् उनी नेपाल क्रिकेट संघ (क्यान) कै सचिव भइसकेका छन् । गत वर्ष उनले कतारमा मास्टर्स कप खेलेका थिए । अब पारसले घरेलु मैदानमा खेल्ने भएका छन् । रूपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनमा उनी फागुन १४ गते मैदान उत्रनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)