युभेन्ट्स र रोमाले अंक बाँडे
nepalipatra.com · Sun Aug 28 06:24:57 GMT 2022
एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्ट्स र रोमाले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा युभेन्ट्स र रोमाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको दोस्रो मिनेटमा डुसन भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै रोमालाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)