चोटका कारण विश्वकपबाट बाहिरिएका जापानी कप्तानको सन्यास घोषणा
barnanmedia.com · Fri Jun 12 22:37:25 GMT 2026

चोटका कारण जापानको फिफा विश्वकप टोलीबाट बाहिरिएका कप्तान वातारु एन्डोले अन्तर्राष्ट्रिय फुटबलबाट तत्कालै सन्यासको घोषणा पनि गरेका छन् ।
३३ वर्षीय लिभरपुल मिडफिल्डर एन्डो फेब्रुअरीको अन्त्यतिर क्लबबाट खेल्ने क्रममा खुट्टामा लागेको चोटका कारण शल्यक्रिया गर्न बाध्य भएका थिए । त्यसपछि उनी पूर्ण रूपमा निको हुँदै गएको विश्वासका साथ प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि घोषणा गरिएको २६ सदस्यीय टोलीमा समावेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा