मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला टि टि ट्वान्टी विश्वकप – इंग्ल्यान्डको सानदार सुरुआत

hamrokhelkud.com · Fri Jun 12 22:01:49 GMT 2026

महिला टि टि ट्वान्टी विश्वकप – इंग्ल्यान्डको सानदार सुरुआत

एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८७ रनले पराजित गर्दै प्रतियोगितामा दमदार सुरुआत गरेको छ।

बर्मिङ्घमको एजबास्टन मैदानमा श्रीलंकाले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रनको विशाल योगफल बनायो। जवाफमा श्रीलंका २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो।

इंग्ल्यान्डको जितमा ड्यानी वायट हजले अविजित १ सय ५ रनको उत्कृष्ट शतकीय इनिङ्स खेलिन्। उनले ६२ बलमा १३ चौका र १ छक्का प्रहार गरिन्। एमी जोन्सले ३८ बलमा ५३ रन तथा कप्तान नेट सिभर ब्रन्टले २२ बलमा अविजित ४६ रन जोडिन् ।

वायट हज र जोन्सले पहिलो विकेटका लागि ८२ बलमा १ सय ३५ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई बलियो आधार दिलाए । त्यसपछि सिभर ब्रन्टले आक्रामक ब्याटिङ गर्दै टोलीलाई २ सय रनभन्दा माथिको स्कोरमा पुर्‍याइन्।

२ सय २० रनको कठिन लक्ष्य पछ्याएको श्रीलंकाले सुरुदेखि नै दबाब सामना गर्नुपर्‍यो। हर्षिता समरविक्रमा २९ रन बनाएर टोलीकी सर्वाधिक रन बनाउने खेलाडी रहिन्। कप्तान चमारी अथापट्टुबाट अपेक्षित प्रदर्शन आउन सकेन।

बलिङतर्फ फ्रेया केम्प इंग्ल्यान्डकी नायिका बनिन्। उनले ४ विकेट लिँदै श्रीलंकाको मध्यक्रम ध्वस्त पारिन्।

चार्ली डिन र सोफी एक्लेस्टोनले समान २ तथा लरेन बेल, लिन्से स्मिथले समान १ विकेट लिइन् ।

विश्वकपको आठौँ संस्करण खेलिरहेकी ३५ वर्षीया वायट हजका लागि यो टि ट्वान्टी अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो। मातृत्व बिदापछि मैदान फर्किएको केही सातामै उनले शतकीय इनिङ्स खेलेर आफ्नो उत्कृष्ट लय प्रमाणित गरिन्।

घरेलु समर्थकमाझ १४ हजारभन्दा बढी दर्शकको उपस्थितिमा प्राप्त यो जितले आयोजक इंग्ल्यान्डलाई प्रतियोगिताको सुरुमै बलियो आत्मविश्वास दिलाएको छ। इंग्ल्यान्डले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारीको संकेत दिएको छ।

Latest News

महिला टि टि ट्वान्टी विश्वकप – इंग्ल्यान्डको सानदार सुरुआत

June 13, 2026

लारिनको गोलमा क्यानडा हारबाट जोगियो

June 13, 2026

पूर्वाधार विकास मन्त्री लम्साल फाप्लाको स्थलगत निरीक्षण

June 12, 2026

All Latest News

Popular News

महिला टि टि ट्वान्टी विश्वकप – इंग्ल्यान्डको सानदार सुरुआत

June 13, 2026

लारिनको गोलमा क्यानडा हारबाट जोगियो

June 13, 2026

पूर्वाधार विकास मन्त्री लम्साल फाप्लाको स्थलगत निरीक्षण

June 12, 2026

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)