भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते डिस्चार्ज
nayapatrikadaily.com · Tue Nov 14 00:54:00 GMT 2023
भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते निको भएर घर फर्किएका छन् । सोमबार बेलुका दुई जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या ४८ पुगेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा ६ जना घाइते मात्र उपचाररत छन् ।
जाजरकोट, रुकुम पश्चिम, सल्यान र बाँकेका ५८ जना घाइतेलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । ती मध्ये तीन जनालाई काठमाडौँ रिफर गरिएको थियो भने एक जनाको मृत्यु भएको डा. रिसालले जानकारी दिए । ४८ जना घाइते डिस्चार्ज भएसँगै भेरी अस्पतालको अर्थोपेडिक वार्डमा अब ६ जना बिरामी मात्रै उपचाररत छन् । 'डिजास्टर वार्ड' भने खाली भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)