ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिनेछ : फ्रान्सेली सरकार
barnanmedia.com · Wed Apr 02 22:43:39 GMT 2025

युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताएका छन् ।
“त्यहाँ दुईवटा जवाफहरू हुनेछन् । पहिलो, अप्रिलको मध्यमा हुनेछ, त्यो स्टिल र एल्युमिनियममा पहिले नै निर्णय गरिएको भन्सार महसुलको प्रतिक्रिया हो”, सरकारी प्रवक्ता सोफी प्रिमासले भने, “त्यसपछि क्षेत्र–क्षेत्र अनुसार विस्तृत अध्ययन हुनेछ र अप्रिलको अन्त्यअघि समन्वित, एकताबद्ध र बलियो तरिकाले युरोपेली निर्णय घोषणा गरिनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)