कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा
ekagaj.com · Fri Oct 13 15:58:03 GMT 2023
मकवानपुर- मकवानपुरकाे हेटौँडामा जारी कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएकाे छ । हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी प्रतियाेगिताकाे उपाधिका लागि निर्मल माध्यमिक विद्यालय र चन्द्रोदय माध्यमिक विद्यालय भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइलमा निर्मल मावि बस्तिपुरले गोरक्षेश्वर मावि हेटौँडा १८ फुर्केचौरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यस्तै चन्द्रोदय मावि हेटौँडा ८ र जनजागृति मावि हेटौँडा १५ बीच भएको खेल ट्राइब्रेकरमा टुङ्गो लागेको थियो । प्रतिस्पर्धा पूर्ण खेलमा दुवै टिमले खेलको निर्धारित समयमा बराबरी १–१ गोल गरेपछि खेल ट्राइब्रेकर धकेलिएकाे थियाे । ट्राइब्रेकरमा चन्द्रोदय माविले ४–२ ले जनजागृति माविलाई हराएकाे आयाेजकले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)