मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दसैंमा बिक्री नभएपछि गाउँ फर्काइँदै खसीबोका

ekantipur.com · Mon Oct 18 01:27:31 GMT 2021

काठमाडौँ — गत वर्षको दसैंमा राम्रो मूल्य पाएका खसीबोका व्यवसायी यस वर्ष भने उत्साहित देखिएनन् । कोभिडको जोखिम कायमै रहेको र लाखौं सर्वसाधारण काठमाडौं उपत्यकाबाट जिल्ला फर्किएपछि खसीबोका बजारमा त्यति चहलपहल भएन । त्यसको प्रत्यक्ष असर बिक्रीमा पनि देखिएको काठमाडौं चौपाया खरिदबिक्री प्रालि र चौपाया व्यवसायी संघले बताएका छन् ।

‘गत वर्ष कोभिड भए पनि फूलपातीको अघिल्लो दिनदेखि नै बिक्री राम्रो थियो । व्यवसायीले राम्रो मूल्य पाएका थिए,’ काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले भने, ‘कोभिडको जोखिम कायमै रहेकाले सबै क्षेत्रमा मन्दी आयो । त्यसको असर खसीबोकाको बिक्रीमा पनि देखियो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)