फिर्के खोला र बसपार्क क्षेत्रका संरचना हटाउन सर्वपक्षीय साथ खोज्दै पोखरा महानगर
onlinekhabar.com · Wed May 20 03:14:18 GMT 2026

६ जेठ, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दैनिकजसो विभिन्न सरोकारवालाहरुसँग बैठक र छलफल गरिरहेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी, कास्की प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका नेतासहित सर्वपक्षीय बैठक राखेका मेयर आचार्यले त्यसको दुई दिन अगाडि सल्लाहकार परिषदको पनि बैठक डाकेर छलफल गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको संयोजकत्वमा ३५ सदस्यीय सल्लाहकार समिति बनाएका मेयर आचार्यले तेस्रो पटक सल्लाहकारसहितको बैठक बोलाएर साथ खोजे । मेयर आचार्यले दिनहुँजसो यस्तो बैठक किन गरिरहेका छन् त ? मेयर आचार्य भन्छन्, ‘पोखरा बसपार्कको समस्या हल गर्नैपर्ने छ । फिर्के खोला क्षेत्रभित्र बनेका संरचना हटाउनुपर्ने छ भने फेवातालको मापदण्डलाई पनि टुंगोमा पुर्याउनु पर्ने छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)