बाँके बार एशोसिएसनमा पहिलोपटक महिलाको नेतृत्व
gorkhapatraonline.com · Wed May 20 03:21:49 GMT 2026

बाँके जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता पुनम श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ अध्यक्ष बनेसँगै बाँके बारको इतिहासमा पहिलोपटक महिलाले नेतृत्व सम्हाल्नुभएको हो ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रह्लादबहादुर कार्कीका अनुसार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । निर्धारित पदहरूमा तोकिएको समयभित्र आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले मतदान प्रक्रिया नगरी सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)