रुपन्देहीमा पेट्रोलपम्पमा तेल खन्याउने क्रममा आगलागी
nayapatrikadaily.com · Sun Apr 11 16:51:00 GMT 2021
रुपन्देहीको गैडहवा गाउँपालिका– ७ गुलरियास्थित सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा पेट्रोल खन्याउने क्रममा ट्यांकरमा आगलागी भएको छ । समयमै दमकल आएर आगो नियन्त्रण भएकाले ठूलो क्षति भने हुन पाएको छैन ।
आयल निगमको भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयबाट तेल बोकेर गएको लु.२ख २८७५ नम्बरको ट्यांकरबाट दुई र तीन नम्बरको च्याम्बरमा रहेको पेट्रोल खन्याउने क्रममा एक्कासि आगलागी भएको हो । निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार तीन नम्बर च्याम्बरमा रहेको चार हजार लिटर पेट्रोल खन्याएर दुई नम्बर च्याम्बरमा रहेको थप चार हजार लिटर पेट्रोल अभिषेक आयल सप्लायर्सको अन्डरग्राउन्ड ट्यांकीमा खन्याउने क्रममा एक्कासि आगलागी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)