गजुरी-गल्छी सडकमा लेदो हटाउने कार्य जारी, पृथ्वी राजमार्ग अझै अवरुद्ध
nepalsamaya.com · Fri Aug 28 02:14:33 GMT 2026

काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग सडकखण्डमा सवारी आवागमन आज पनि बन्द रहेको छ। प्रहरीले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेकाले तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन। अहिले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले लेदो हटाउने काम गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)