भाका सारेको सार्यै प्रधानमन्त्री- तेस्रोपटक पनि सर्यो
newsofnepal.com · Fri Mar 31 00:41:17 GMT 2023
काठमाडौं । गत सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने आश्वासन बाँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनपटक आफ्नो भाका सारिसक्नुभएको छ । १० दलीय गठबन्धन बनाएर ११ दलको समर्थन पाएका प्रधानमन्त्री दाहालले दिनुभएको बिहीबारको अन्तिम भाकासमेत सरेको छ । प्रधानमन्त्री प्रचण्डले गत सोमबार, त्यसपछि बुधबार र पछिल्लोपटक बिहीबार गरी तीनपटक मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा दलहरूलाई आश्वस्त पार्नुभएको थियो ।
बिहीबार सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाको सहमति जुटेको बताइए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री राजधानी बाहिर जानुभएको कारण मन्त्रिपरिषद् विस्तार गर्न नभ्याइएको बताउनुभए पनि दलहरूबीच भागबन्डा नमिलेर विस्तार हुन नसकेको बुझ्न गाह्रो छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)