समाजसेवी कुँवरको ‘निरन्तर समाजसेवा” नामक पुस्तक सार्वजनिक
reportersnepal.com · Sat Jul 24 16:07:45 GMT 2021
काठमाडौं, ९ साउन । समाजसेवी ताराबहादुर कुँवरद्वारा लिखित ‘निरन्तर समाजसेवा’ नामक पुस्तक विमोचन गरिएको छ। आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उत्तः पुस्तकको विमोचन गरिएको हो। निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पूर्व प्रधानसेनापति रुकमांगत कटवालले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा ‘हजुरलाई नमस्ते’ पुस्तकको अडियो बुक पनि स्वीच थिचेर सार्वजनिक गरिएको थियो । आफूले गरेको समाजसेवा प्रमाणका रुपमा देखाउन पुस्तक लखेको कार्यक्रममा कुँवरले बताए। साथै नयाँ पुस्तामा समाजसेवाको महत्व झल्काउन पुस्तक प्रकाशन गरेको उनले बताए। कार्यक्रममा विभिन्न समाजसेवीहरुलाई पनि सम्मानित गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)