पाँच दिनमा हाल्यान्डको दोस्रो ह्याट्रिक
ekantipur.com · Sun Mar 19 01:01:11 GMT 2023
लन्डन — इर्लिङ हाल्यान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए ।
यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)