गलकोटका नौ वडा पूर्णखोप सुनिश्चित घोषणा
gorkhapatraonline.com · Wed May 20 03:34:43 GMT 2026

पश्चिम बागलुङको गलकोट नगरपालिकाका नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्णखोप पूरा गरेपछि नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
नगरपालिकाका एघारमध्ये वडा नं. १ दुदिलाभाटी, वडा नं. २ नरेठाँटी, वडा नंं ३ हटिया, वडा नं. ४ ओखरबोट, वडा नं. ५ हरिचौर, वडा नं. ७ मल्म, वडा नं. ८ काँडेबास, वडा नं. ९ बास्खोला र वडा नं. ११ रिघालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिरा शर्माले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)