सम्पत्ति शुद्धीकरण विधेयक संसदीय समितिमा लैजान सांसद झाँक्रीको माग
baahrakhari.com · Sat Jul 04 08:47:57 GMT 2026

काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी विधेयकलाई गहन छलफलका निम्ति संसदीय समितिमा पठाउन माग गरेकी छन् । शनिबार (असार २०) बसेको राष्ट्रियसभा बैठकमा उनले संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाएकी हुन् ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा अध्यादेशको सहारा लिनु लोकतान्त्रिक अभ्यासविपरीत हुने तर्क गरिन् । सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत हाल जिल्ला प्रहरी कार्यालयहरूलाई समेत अनुसन्धानको अनुमति दिइएको विषयमा टिप्पणी गर्दै उनले यसको अभ्यास त्रुटिपूर्ण रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)