कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने
nayapatrikadaily.com · Sun Apr 24 00:17:00 GMT 2022
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आइतबार सार्वजनिक गर्ने भएको छ । कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
समिति सदस्य अजयबाबु शिवाकोटीका अनुसार घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । उनका अनुसार घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । त्यस्तै, घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ । ‘घोषणपत्र निर्माणको तयारी पूरा भएको छ,’ उनले भने, ‘घोषणापत्रमा कांग्रेसको आवश्यकता महसुस हुने गरी सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । लोकतन्त्र दिवसमा सार्वजनिक गर्ने यसअघिको तालिकाअनुसार नै सार्वजनिक गरिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)