बागलुङको निसीखोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो , २६ जना घाइते
Ujyaaloonline.com · Tue Mar 19 00:47:02 GMT 2024
काठमाण्डौ - बागलुङको निसीखोलामा बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ भने ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
पूर्वी रुकुमदेखि काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा रहेको मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय बाग्लुङ्का सूचना अधिकारी मदन के.सी.का अनुसार ज्यान जानेहरुमा चार जना पुरुष र ५ जना महिला रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)