मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय परिचयपत्र लिन बिस हजार खर्च

gorkhapatraonline.com · Wed May 20 03:38:07 GMT 2026

हुम्लाको दक्षिण क्षेत्रका नागरिकले राष्ट्रिय परिचयपत्र पाउनका लागि मात्रै करिब २० हजार रुपियाँ खर्च गर्नुपर्ने बाध्यता छ । जिल्लाका दक्षिण क्षेत्रका नागरिकले सदरमुकाम सिमकोटमा पुगेर राष्ट्रिय परिचयपत्र लिनुपर्दा कम्तीमा पनि २० हजार रुपियाँ खर्च गर्नुपर्ने बाध्यता छ ।

राष्ट्रिय परिचयपत्र अहिले अत्यावश्यक कागजात मात्र नभई पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयले गुनासो गरेका छन् । दक्षिणी क्षेत्रका अदानचुली, ताजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका नागरिकले बैङ्क खाता सञ्चालन, सामाजिक सुरक्षा भत्ता, सरकारी सेवा तथा विभिन्न कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि परिचयपत्र बनाएका भए पनि हातमा कार्ड नहुँदा र सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)