भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा नष्ट
pahilopost.com · Tue Nov 15 01:09:52 GMT 2022
भरतपुर : भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ। नवलपरासीको बर्दघाटबाट काठमाडौं लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमवार नष्ट गरेका हुन्।
लु ३ च ३३३६ नम्बरको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ। नष्ट गरिएको माछाको बजार मूल्य करिब चार लाख रुपैयाँ हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)