मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल र थाइल्यान्डबीच ८ वटा सम्झौतामा हस्ताक्षर

rajdhanidaily.com · Wed Apr 02 23:16:57 GMT 2025

काठमाडौं । नेपाल र थाइल्यान्डबीच बुधबार आठवटा विभिन्न सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पेथोङ्थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि ती सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर भएका आठ सम्झौता र समझदारीपत्रमध्ये दुईवटा सरकारी निकायबीच र ६ वटा निजी क्षेत्रबीच भएको थियो । सरकारी निकायबीच भएका दुईवटा सम्झौतामा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवाले हस्ताक्षर गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)