संकटको घडीमा ओली र प्रचण्डबीच एकता कति संभव ?
barnanmedia.com · Sat Jul 04 08:54:37 GMT 2026

काठमाडौँ | गत भदौ २३ र २४ गते भएको विध्वंशकारी जेनजी आन्दोलनपछि कम्युष्टि पार्टी नेकपा एमाले र नेकपा नेपाली कम्युनिष्ट पार्टीको शक्ति लगभग शून्य सरह भयो । सत्तामा बसेर बारम्बार जादुको छडी घुँमाउने प्रचण्डको सत्ता यात्रामा समेत ब्रेक लाग्यो । आन्दोलनका क्रममा हेलिकप्टरको सहयोगमा ज्यान बचाउन सफल भए तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यष केपी शर्मा ओली । निर्वाचनमा प्रधानमन्त्रीको दाबीसहित झापा क्षेत्र ३ न. बाट निर्वाचनमा उम्मेदवारी उठे । तर बालेन शाहले फराकिलो मतले ओलीलाई हराएपछि ओलीको शक्ति शून्य जस्तै बन्यो ।
जेनजी नेता तथा कार्यकर्ताको तारो बन्यो नेकपा एमाले । तर एमाले नेता महेश बस्नेतले कम्युनिष्टलाई उठाउन निकै ठुलो साहस गरे । सोही कारण नेकपा एमालले पार्टीलाई इतिहासबाट धव्स्त हुनबाट बचाए । गत फागुन २१ गते भएको निर्वाचनमा नेकपा एमाले तेस्रो शक्ति बन्यो । प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले ओलीलाई पक्राउ गरेर शक्ति देखाउने प्रयास गर्यो । सो समयमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु एक भएर ओलीको रिहाईका विरुद्धमा सडकदेखि सदनसम्म उठेर आवाज उठाए । गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको भनेर अदालतले समेत सरकारको क्रियाकलापप्रति प्रश्न उठाउँदै ओलीलाई थुनामुक्त गर्न आदेश दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)