मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टरले हरायो उल्भ्सलाई

ekantipur.com · Mon Aug 30 00:57:21 GMT 2021

लन्डन — मेसन ग्रिनउडको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार उल्भ्सलाई १–० ले हराएको छ । खेल सकिन १० मिनेटअगाडि खेलको एक मात्र गोल सम्भव भएको हो ।

यो जितपछि म्यानचेस्टरको तीन खेलबाट सात अंक भएको छ । उल्भ्स भने लगातार तीन हारपछि अंकविहीन छ । यसअघि सन ह्वेङ मिनले इंग्लिस प्रिमियर लिगको आफ्नो दुई सयौं खेलमा गरेको निर्णायक गोलमा टोटनहमले वाटफोर्डलाई १–० हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)